सुजनकुमार श्रेष्ठलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति ‘सीआइपी’ सम्मान

news-details

नेपाल सरकारले व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई प्रदान गर्ने ‘महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)’ सम्मान अन्तर्गत मनराम हिमालयन ह्याण्डक्राफ्ट प्रा.लि.का प्रबन्ध निर्देशक सुजनकुमार श्रेष्ठलाई पदक तथा सम्मानपत्र प्रदान गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राजधानीमा आयोजित औपचारिक समारोहमा श्रेष्ठलाई सीआइपी पदक, सम्मानपत्र र दोसल्ला प्रदान गर्दै सम्मानित गरे । वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद भण्डारीले परिचयपत्र, उद्योग सचिव कृष्णबहादुर राउतले दोसल्ला र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पुष्पगुच्छा प्रदान गर्दै श्रेष्ठलाई सम्मान गरेका थिए ।

मनराम हिमालयन ह्याण्डक्राफ्टले विगत दुई दशकदेखि नेपाली परम्परागत उत्पादन ‘हिमालयन डक चिउ (छुर्पी)’ को निर्यातमार्फत नेपालका लागि वैदेशिक आम्दानी आर्जन गर्दै आएको छ । विशेष गरी अमेरिकालगायत विश्वका विभिन्न मुलुकमा छुर्पी निर्यात गरेर नेपाली उत्पादनको बजार विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले नेपाल सरकारको यो सम्मानका लागि छनोटमा महत्वपूर्ण योग्दान पुर्याएको बताइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने पाँच अग्रणी वस्तुहरुमा छुर्पी समेत परेको छ र त्यसमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति वा कम्पनीलाई सीआइपी सम्मान प्रदान गर्ने प्रचलन छ । यसअन्तर्गत सुजनकुमार श्रेष्ठलाई यो पदकबाट सम्मानित गरिनु व्यवसायिक क्षेत्रमा निरन्तर सफलताका साथै नेपालको आर्थिक समृद्धिमा योगदानको मान्यता हो ।

यो सम्मानले नेपाली उद्योग–व्यवसायमा थप उत्प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।

श्रेष्ठसहित ३० जनालाई सरकारले सीआइपी सम्मान प्रदान गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया