कुलिङ पिरियड प्रकरण छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन
- असार २१, २०८२
- 0
निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गर्ने निर्णय भएको छ।
शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
उनका अनुसार समिति सात सदस्यीय हुनेछ। जसमा कांग्रेस र एमालेबाट २-२ जना सदस्य रहनेछन्। बाँकी अरू दलबाट राखिनेछ।
छानबिन समितिमा राज्य व्यवस्था तथा सुशासन समितिकै सदस्यहरूलाई भने नराख्ने सहमति भएको छ। दलहरूले नाम दिएपछि समिति गठन हुनेछ।
समितिलाई छानबिन गरी प्रतिबेदन बुझाउन २१ दिनको समय दिने निर्णय भएको पनि सभामुख घिमिरेका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







