बारामा जगदम्बा स्टिलको भट्टीमा विस्फोट
- असार १८, २०८२
- 0
बाराको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित जगदम्बा स्टिलको भट्टीमा विस्फोट भएको छ ।
स्टिल उद्योगमा काम चलिरहेको बेला बुधवार राति भट्टीमा विस्फोट भएको हो । भट्टीमा विस्फोटपछि त्यस क्षेत्रमा ठूलो आवाज सुनिएको छ ।
घटनामा केही मानिस घाइते भएको आशंका छ ।
बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले अहिले प्रहरी घटनास्थल पुगेको बताए । उनका अनुसार एकजना घाइते भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउँन बांकी छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







