शिक्षा विधेयक पास गर्ने दबाबमा मन्त्री पन्त, कांग्रेस कार्यालयमै पुगेर छलफल
- असार १६, २०८२
- 0
शिक्षामन्त्री रघुजी पन्त अचानक नेपाली कांग्रेसको बैठकस्थल सानेपा पुगेर फर्किएका छन् ।
सोमबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनी अचानक नेताहरुसँग संवादको लागि पुगेका हुन् ।
शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो असार १५ गते पारित गर्नुपर्ने थियो । तर, शिक्षा समितिमा आजपनि विधेयकमा सहमति नजुटेपछि उनी संवादको लागि सानेपा पुगे ।
उनी केहीबेरमा नै संवाद सकेर समितिको बैठकमा पुन सहभागी भएका छन् ।
यता नेपाल शिक्षक महासंघले विधेयक पारित नभएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







