प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
- असार २, २०८२
- 0
नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपाल (पिपिएलए)को अध्यक्ष पदमा अमर थापा चयन भएका छन् ।
गएराति सम्पन्न भएको निर्वाचनमा थापाका नेतृत्वमा ९९ कमिटी चयन भएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी दिए ।
उनका अनुसार सङ्गठनको खुला उपाध्यक्षमा भीमसेन बञ्जरा, महिला उपाध्यक्षमा यशोदादेवी खरेल, महासचिवमा भुवनप्रसाद निरौला, उपमहासचिवमा बाबुराम राई, तीन सचिवमा युवककुमार गौतम, मुकुन्दप्रसाद अधिकारी र अनिता गुरुङ तथा कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे निर्वाचित भएका छन् ।
गत शनिबारदेखि पिपिएलएको तेस्रो राष्ट्रिय सम्मेलन सुरु भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







