कीर्तिमानी आरोही कामीरिता शेर्पा ३१औं पटक सगरमाथा चुचुरोमा
- जेष्ठ १३, २०८२
- 0
कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । योसँगै शेर्पाले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
मंगलबार बिहान ४ बजेतिर शेर्पाले सर्वोच्च शिखर सगरमाथाको ३१औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले बताएका छन् ।
शेर्पा २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए ।
शेर्पा भोलि सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाडौं फर्किने तालिका रहेको बताइएको छ ।
अघिल्लो वर्ष शेर्पा ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







