अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लगाउने एमालेको निर्णय
- जेष्ठ ११, २०८२
- 0
नेकपा एमालेले भ्रातृ सङ्गठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
‘सचिवालय बैठकमा त्यो एजेन्डा थिएन तर बैठकको अन्तिम समयमा उमेर हदको एजेन्डाले प्रवेश पायो र अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय भयो’, ति नेताको भनाइ ।
यसअघि अनेरास्ववियुमा उमेर हद ३० वर्ष, ३२ वर्ष वा खुला राख्ने भन्ने बहस चल्दै आएको थियो । अनेरास्ववियुको आगामी जेठ २४ देखि २७ गतेसम्म राष्ट्रिय सम्मेलन हुँदैछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







