आफ्नै डेरामा मृत भेटिइन रोशनी शाही
- जेष्ठ ११, २०८२
- 0
रोशनी शाही मृत फेला परेकी छन्। रोशनी भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित डेरामा मृत फेला परेकी हुन् ।
कोठाको ढोका नखुलेपछि प्रहरीले ढोका फोडेर हेर्दा उनी कोठाभित्रै घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्। उनको शारीरमा बहिरी कुनै चोट नदेखिएको प्रहरीले जानकारी दिएको छ । उनको शव नजिकै एउटा पत्र समेत फेला परेको छ । फेला परेको पत्र शाही आफैंले लेखेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ ।
रोशनीले माओवादी नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महराविरूद्व बलात्कार मुद्दा दायर गरेकी थिइन् ।
महरा बहालवाला सभामुख रहेकै बेलामा शाहीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेको थियो । महराविरुद्ध उजुरी परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको थियो । महरा पुर्पक्षका लागि कारागार चलान भई पाँच महिनापछि उच्च अदालतको आदेशमा रिहा भएका थिए ।
श्रीमान् चित्रजंग शाही उपत्यका बाहिर गएका बेला उनी मृत फेला परेकी हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







