लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम पेश गर्दै
- जेष्ठ ५, २०८२
- 0
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रदेश प्रमुख घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ ।
प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो । यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको जनाइएको छ ।
सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरूलाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ती योजनाहरूलाई अनिवार्य जोड्ने, स्थानीय उत्पादन वृद्धि गर्ने, अर्ग्यानिक खेती प्रणालीको विकास गर्ने लगायतका विषयहरूलाई प्राथमिकतामा राखिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







