आजदेखि लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरु
- बैशाख ३१, २०८२
- 0
आजबाट लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन सुरु हुँदैछ । पहिलो बैठक दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सम्भावित कार्यसूचीअनुसार पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने, विभिन्न दलका तर्फबाट सदस्यहरूले अधिवेशन प्रारम्भको अवसरमा शुभकामना मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ।
प्रदेश सभाको यस अधिवेशनलाई महत्त्वपूर्ण मानिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
चालु अधिवेशनमार्फत प्रदेश सरकारको विकास योजना, बजेट निर्माण प्रक्रिया र अन्य विधेयकहरूमा समेत छलफल हुने अपेक्षा गरिएको छ । सरकारले जेठ ४ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







