शिक्षक महासंघसँग गरेका सहमतिहरु अब कार्यान्वयनमा जानुपर्छ : एकनाथ ढकाल
- Rojgar Manch
- बैशाख २३, २०८२
- 0
काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकारले नेपाल शिक्षक महासंघसँग गरेको नौ बुँदे सहमति अब कार्यान्वयनको चरणमा जानुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले सहमति भएका नौ बुँदाहरुलाई व्यवहारमा उतार्ने बेला आएको स्पष्ट पारेका हुन् । उनले भने, ‘सरकारले विगतमा पनि सहमति गर्दा उदारता देखाएको भए पनि कार्यान्वयनमा अनुदार हुने गरेको इतिहास छ । त्यसैले शिक्षकहरू अझै आश्वस्त हुन सकेका छैनन्, आगामी बजेटमार्फत सहमतिको कार्यान्वयन गर्नुपर्ने समय आएको छ ।’
साथै उनले राहत शिक्षकहरूको विषयमा पनि ढिलासुस्ती गर्न नहुने बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







