बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा
- बैशाख १५, २०८२
- 0
महोत्तरीको बर्दिबासमा सोमबारदेखि ‘संघीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम सुरू भएको छ ।
मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले आ–आफ्ना प्रदेशका विकास अभ्यास, सम्भावना र चुनौतीहरू साटासाट गर्दै आपसी सहकार्यका उपायमा छलफल गरिरहेका छन् ।
कार्यक्रमको उदघाटन भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिवहरूले आ–आफ्ना प्रदेशका योजना तथा कार्यक्रमहरूको दस्तावेज प्रस्तुत गरेका छन् ।
मन्त्रीहरूले कार्यक्रमले प्रदेशहरूबीच सहकार्यलाई मजबुत बनाउने र भौतिक पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







