प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
- बैशाख ३, २०८२
- 0
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् ।
अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्य बिक्रम थापा ‘सलिम’ को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । उक्त कार्यक्रममा पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो ।
सहिद थापा माओवादी जनयुद्धको क्रममा २०६० सालमा चितवनमा सहिद भएका हुन् । उनको योगदानको सम्मानस्वरूप निर्मित स्मृति केन्द्रले यस क्षेत्रमा स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







