उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
- बैशाख ३, २०८२
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। बैठक आज साँझ ५ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि बैठक बोलाइएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा संयन्त्रको बैठक बोलाउने समझदारी भएको हो।
सरकारको भविष्यमाथि विपक्षी र कार्यसम्पादनबारे गठबन्धन भित्रैबाट प्रश्न उठिरहेका बेला दुई नेताले छलफल गरेर संयन्त्रको बैठक बोलाउने समझदारी गरेका हुन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







