विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
- बैशाख ३, २०८२
- 0
संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न आगामी बैशाख १२ गते (शुक्रबार) दिउँसो १ बजको लागि संघीय संसद बैठकको आह्वान गरिने भएको छ ।
मंगलवार मन्त्रिपरिषद्को बैठक बस्दै सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिएकी छन् ।
नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको मन्त्री भट्टराईले जानकारी दिईन् ।
मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुलाई विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध समेत गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







