नेपाल बार एसोसिएसनमा मिश्रको प्यानल नै विजयी
- चैत्र २८, २०८१
- 0
नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र विजयी भएका छन्।
नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहको मिश्र प्यानलनै बिजयी भएको छ ।
आज सम्पन्न मतगणनाबाट मिश्र नेतृत्वको प्यानलै विजयी भएको हो । डा. मिश्रले निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतान्तरले पराजित गरे ।
मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत पाएका छन्। निर्वाचनबाट महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्।
मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







