मौसम पूर्वानुमान : कोशी प्रदेशमा छिटपुट वर्षाको सम्भावना
- चैत्र २४, २०८१
- 0
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।
कोशी प्रदेशका क्षेत्रहरूमा बादल लाग्ने र एक–दुई ठाउँमा दिउँसो छिटपुट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।
आइतबार बिहान काठमाडौंको वायु शुद्धता सूचकांक (एक्युआई) २११ छ । यो भनेको हामीले सास फेर्ने तल्लो वायुमण्डल अत्यन्त विषाक्त रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







