चैती छठ : बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न
- चैत्र २२, २०८१
- 0
चैती छठ पर्वको आज (शुक्रवार) बिहान व्रतालुहरुले उदाउँदो सूर्य र छठी मातालाइ अर्घ दिएसंगै यस वर्षको चैती छठ समापन भएको छ । व्रतालुहरुले यहाँको बाग्मती, बकैया , चादी नदि र पोखरी तथा जलासय पुगी उदाउँदो सूर्य दिएका हुन् ।
चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, आज बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन भएको हो ।गत मंगलबार देखि विधीवत रुपमा चैती छठ पर्व सुरु भएको थियो ।
छठ पर्वको प्रसाद छरछिमेक तथा आफन्तलाई दिने चलन छ । छठ प्रसादमा गहुँ वा चामलको पिठोबाट ठेकुवा , मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फलफूल हुन्छ । तराई मधेसवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुई पटक मनाउने गर्दछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







