भक्तपुरको बोडेस्थित पिकनिक स्पटमा शव भेटियो, हत्याको आशंका
- चैत्र १०, २०८१
- 0
भक्तपुरको बोडेस्थित पिकनिक स्पटमा एकजनाको शव फेला परेको छ ।
मध्यपुर ठिमी नगरपालिका९९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा खोटाङ केपिलासगढी गाउँपालिका९२ का ६६ वर्षीय ओमप्रकाश राई मृत फेला परेका हुन् ।
उनको टाउको लगायत भागमा चोट देखिएको र नजिकै रगत लत्पतिएको ढुंगा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको हत्या भएको प्रहरीको आशंका छ । राई कवाडी सामान टिप्ने काम गर्दै आएका थिए ।
घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







