नारायणहिटी अगाडि राजावादीहरुको प्रदर्शन, राजतन्त्रका पक्षमा नाराबाजी
- चैत्र ९, २०८१
- 0
शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाब स्वरुप ¥याली निकालेका छन् ।
शनिबार काठमाडौंको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाब स्वरुप ¥याली निकालिएको हो ।
र्यालीका क्रममा राजाबादीहरुले ‘नारायणहिही खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरु पनि लगाएका थिए ।
र्याली अघि बढ्ने क्रममा प्रहरी पटक पटक अवरोध गरेको थियो । यसअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह फर्किँदा काठमाडौंमा भव्य स्वागत गरिएको थियो ।
सोही दिनबाट हौसिएका राजवादीहरुले राजतन्त्र फर्काउने आन्दोलन गर्दै आइरहेका छन् । तर शनिबार काठमाडौंमा प्रदर्शन भइरहँदा शाह भने गोरखा जिल्लाको गोरखनाथ मन्दिरको दर्शन गर्न पुगेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







