मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट
- चैत्र ८, २०८१
- 0
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ ।
बिहीबार कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्मन्त्री सिंह सोही मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री योगीसँग भेट हुन पुगेको हो ।
भेट अनौपचारिक भएता पनि मुख्यमन्त्री सिंहले जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकासको बृहत्त सम्भावनाका विषयमा कुराकानी भएको जनाइएको छ ।
त्यस्तै, रामायण सर्किट र सीता सर्किट विकास, अयोध्यामा रामलला दर्शन गर्न पुग्ने असँख्य पर्यटकका लागि जनकपुरधाम अनिवार्य गन्तव्य बन्नुपर्ने र मधेश प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि उत्तर प्रदेश सरकारको सहयोग आदि विषयमा छलफल भएको मुख्यन्त्री सिंहले जानकारी दिएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







