स्ववियु निर्वाचनको लागि आज उम्मेदवारी दर्ता
- फाल्गुन २७, २०८१
- 0
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र बिहान ११ देखि २ बजेसम्म दर्ता गर्ने कार्यतालिका रहेको छ । सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का ६२ आङ्गिक तथा एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा निर्वाचन हुन लागेको हो ।
दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्न फागुन २८ गते तोकिएको छ । त्यसै दिन दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने कार्यतालिका छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







