कुलमान घिसिङको विषयबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ
- फाल्गुन २१, २०८१
- 0
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कारबाहीबारे जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूलाई घिसिङलाई गर्न लागिएको कारबाहीको विरोध गर्दै रूलिङको माग गरेका थिए ।
रूलिङ गर्दै सभामुखले भने,’आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा प्रतिनिधि सभा नियमावली, २०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु’ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







