मौसम पूर्वानुमान : अधिकांश भू-भागहरूमा मौसम सफा रहने
- फाल्गुन १९, २०८१
- 0
आइतबारदेखि देशभरि मौसम सफा छ । शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भू-भागमा मौसम बदली र वर्षाको स्थिति थियो।
आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आंकलन छ ।
आज पनि बिहानैदेखि अधिकांश भू-भागहरूमा मौसम सफा छ । दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा मुख्यतय सफा रहने पूर्वानुमान छ ।
त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सफा रहने पूर्वानुमान छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







