स्पष्टीकरण बुझाउदै कुलमानले भने- ‘मलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रिपरिषद्लाई मात्रै छ’
- फाल्गुन १५, २०८१
- 0
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्रीलाई स्पष्टीकरणको जवाफ पठाएका छन् ।
केही दिनअघि मन्त्री खड्काले घिसिङलाई पदबाट किन नहटाउने ? भन्दै तेस्रो स्पष्टीकरण सोधेका थिए । कार्यकारी निर्देशक घिसिङले जवाफमा उल्टै मन्त्रीको कार्यशैलीमाथि नै प्रश्न उठाएका छन् ।
उनले मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएकोले आफूलाई हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत प्रष्ट पारेका छन् ।
स्पष्टीकरणको जवाफ दिँदै उनले आफूलाई मन्त्रिपरिषद्ले चार वर्षका लागि नियुक्त गरेकाले हटाउने विषयमा स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार पनि मन्त्रिपरिषद्लाई मात्रै भएको दाबी गरेका हुन् ।
राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा मन्त्री दिपक खड्काले उल्टै पटकपटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएको उनको भनाइ छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







