काँग्रेस सभापति देउवाको भारत भ्रमण स्थगित
- फाल्गुन ८, २०८१
- 0
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।
आज भारत जाने तय भएकोमा अन्तिम समयमा आएर स्थगित भएको हो । कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा वक्ताका रूपमा सहभागी हुन देउवा भारत जाने तय भएको थियो ।
कार्यक्रममा सहभागी हुने बहानामा भारतका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग देउवाले भेट गर्ने बताइएको थियो । तर भारतका शीर्ष नेतृत्वहरूले भेट नदिने भएपछि भ्रमण नै स्थगित भएको बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







