अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
- फाल्गुन ६, २०८१
- 0
नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएको अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवै गलत भएकाले असहमति रहेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।
राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकार अप्ठेरोमा परेको छ ।
अध्यादेश पारित गर्न सकस भइरहेको बेलामा नेकपा एसलाई फकाउने प्रयास भएकोमा नेकपा एसले पनि अध्यादेशको समर्थन गर्न नसक्ने जनाएपछि सरकार थप अफ्ठयारोमा परेको छ । ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







