जसपा नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने
- माघ २५, २०८१
- 0
जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’ लाई निरन्तरता दिने निर्णय गरेको हो ।
विभागका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुले कार्यप्रगति विवरणको लिखित प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अभियानले पार्टीमा उर्जा र उत्साह बढाउनुका साथै जनतामाझ पार्टीको विश्वास र भरोसा अभिवृद्धि गरेकाले पार्टीले अभियानलाई निरन्तरता दिने निर्णय गरेको बस्नेतले बताए ।
जसपा नेपालले अभियानलाई निरन्तरता दिने निर्णयसहितको परिपत्र मातहत समितिलाई पठाइसकेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







