जसपा नेपालको दोस्रो दिनको बैठकमा अध्यक्ष यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल हुने
- माघ २०, २०८१
- 0
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल हुने भएको छ ।
आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
बैठकमा जसपा नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षालाई मुख्य एजेण्डा बनाएको छ ।
त्यस्तै सरकारले ल्याएको अध्याधेश, मधेस केन्द्रित दलहरु बीचको मोर्चा, नो केबलकार आन्दोलनलगायतका वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित रहेको बस्नेतले बताएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







