माओवादी संसदीय दलको बैठक बस्दै
- माघ १७, २०८१
- 0
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ ।
सिंदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठकमा मुख्यगरी शुक्रबारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुनेछ ।
सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुनेछ ।
माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







