समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन सहितको सभा गर्ने
- माघ १६, २०८१
- 0
समाजवादी मोर्चाले चैत्र २४ गते देशमा देखिएका वर्तमान समस्याहरुको विरुद्धमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ ।
बुधबार आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका हुन् ।
उनले भने, ‘देशमा जुन देखिएका समस्याहरु छन् । यसको विरुद्धमा एउटा ठूलो जनप्रदर्शन गरौं जनप्रदर्शन सहितको काठमाडौंमा सभा गरौं भन्ने सम्म आइपुगेका छौं । चैत्र २४ गते जुन ऐतिहासिक दिन छ । त्यो दिनमा काठमाडौंमा भव्य र शान्दार रुपमा सम्पन्न गरौं भन्नेमा पुगेको छौं ।’
यस्तै, चैत्रको पहिलो हप्ता १ देखि ५ गतेभित्र मधेसमा एउटा जनसभा गर्ने पनि निर्णय गरेको उनले जानकारी दिए ।
त्यस्तै, उनले समाजवादी मोर्चाको विचार नीति र उद्देश्यलाई आम जनतासम्म पुर्याउन समाजवादी मोर्चा प्रकाशन गर्ने पनि निर्णय भएको जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







