कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै
- माघ १४, २०८१
- 0
नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ ।
हिजो आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा आज पनि बस्ने भएको हो ।
बैठकमा संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका विषयमा छलफल चलिरहेको छ ।
बैठकले माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल गरिरहेको छ ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा पनि छलफल गरेको थियो ।
यही माघ १८ गतेदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदैछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







