बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउन सिफारिस
- माघ ११, २०८१
- 0
बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको १५ औं अधिवेशनको मिति तय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।
गत असोज ७ गतेबाट स्थगित भएको प्रदेशसभाको अधिवेशन ४ महिनापछि बोलाउने निर्णय भएको मन्त्री लामिछानेले बताए । बैठकले भौतिक पूर्वाधार मन्त्रालयले निर्माण गरेको भवन नीति पनि अनुमोदन गरेको प्रवक्ता लामिछानेले बताए ।
मन्त्रिपरिषद् बैठकले चलचित्र सम्बन्धि विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ भने बागमती प्रदेशको कामकाजको भाषा ऐनको विषयमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनलाई सरकारले ग्रहण गर्ने निर्णय गरेको छ ।
बैठकले काभ्रेको तालढुङ्गामा एकीकृत नमुना बस्ती बसाउने र त्यसलाई पनि विधेयकको रुपमा लैजाने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







