नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
- माघ ९, २०८१
- 0
नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । इशनाथ नगरपालिक वडा न ४ मठिया स्थित ईलाकामा सिमा क्षेत्रका व्यक्ती सग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतिय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोतीहारी ग्राम पन्चायत खरोही वडा न ४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए ।
उनका अनुसार नक्कली चाइनिज (पेस्तोल) खलौना देखाएर सिमा क्षेत्रमा हिड्डुल गर्ने व्यक्तीलाई डर त्रास देखाइ रकम माग्ने गरेको उनले बताए । प्रहरी चौकि मठिया महुलीयाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महतोले बताए ।
पक्राउ परेका कलामलाई म्याद थप गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







