वामदेव गौतमसँग सहकार्य गर्ने एमालेको निर्णय
- माघ ८, २०८१
- 0
नेकपा एमालेले पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले नेता गौतमसँग छलफल गर्दै जाने र उपयुक्त समयमा गौतम नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्न सकिनेबारे छलफल भएको एमाले नेताहरुले जनाएका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेता वामदेव गौतमसँग सहकार्यका लागि ढोका खुलेको भन्दै आगामी दिनमा आवश्यक गृहकार्य गरेर पार्टीमा भित्र्याउन थप गृहकार्य गर्दै अघि बढ्न सकिनेबारे छलफल भएको बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







