प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट
- माघ ४, २०८१
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।
भेटका अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि पूर्वनेपाली राजदूत डा.अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







