बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना, १० जना घाइते
- माघ ४, २०८१
- 0
बागलुङको ढोरपाटन नगरपालिकामा बिहिबार राती पिकअप जिप दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन् ।
बागलुङको गाडीखोलादेखि घैयाखानी जाँदै गरेको ग ३ च ३८९ नम्बर पिकअप जिप ढोरपाटन नगरपालिका वडा नम्बर ६ बिहिबार राती ८ः३० बजे दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका हुन् ।
उक्त दुर्घटनामा घाइते भएका १० जना मध्ये ६३ बर्षिय काजी कामी र ३८ बर्षिय चलदेवी कामीको अवस्था गम्भिर रहेका कारण थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको प्रादेशिक अस्पताल बुर्तिबाङका प्रमुख डा. नविन्द्र ढकालले जानकारी दिए। अन्य आठ जनाको अवस्था सामान्य रहेको रहेको प्रादेशिक अस्पताल बुर्तिबाङमा उपचार भैरहेको डा. ढकालको भनाई छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







