आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना
- माघ ३, २०८१
- 0
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानमा हुस्सु लागेको छ।
आज देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने त्यसैगरी आज गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







