यस्तो रहनेछ आजको मौसम
- पुस २६, २०८१
- 0
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानहरुको हुस्सु लागिरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदलीको सम्भावना रहेको छ ।
यस्तै, बागमती प्रदेशका सबैजसो भूभागमा मौसम सफा रहनेछ भने गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदलीको हुने सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भने मौसम सफा रहने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







