सशस्त्रका चार डीआईजीको म्याद थप्ने सरकारको निर्णय
- पुस २३, २०८१
- 0
सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद थप गर्ने निर्णय गरेको छ ।
सशस्त्र मुख्यालयको सिफारिसअनुसार गृह मन्त्रालयले दुई साता पहिल्यै डीआईजीहरु शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङको एक वर्ष अवधी थपको सिफारिस मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरेको थियो ।
सशस्त्र प्रहरी बल नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा गरेको छ ।
सुवेदी २०५४ चैत १८ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् । गिरी र मगर २०५६ असार ३ र नेम्वाङ ०५६ कै टोलीको वैकल्पिकका रुपमा नेपाल प्रहरी सेवामा भर्ना भएका थिए । उनीहरु २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा एक तह बढुवासहित उक्त संगठनमा समायोजन भएका हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







