माओवादीको स्थायी कमिटी र केन्द्रीय समिति बैठक बस्दै
- पुस २१, २०८१
- 0
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बिहान ८ बजे र केन्द्रीय समितिको बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्ने भएको छ ।
शनिवार २ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएपछि आज बस्न लागेको हो । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । सोही राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन स्थायी कमिटी बस्न लागेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







