पत्रकार श्यामसुन्दर पुडासैनीको निधन
- पुस २०, २०८१
- 0
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार नियमित काम सकेर कोठा फर्किएका पुडासैनी अचानक ढलेपछि अस्पताल पुर्याइएका थिए । हेल्पिङ ह्यान्ड्स अस्पतालले उनलाई शुक्रबार साँझ मृत घोषित गरेको हो ।
पुडासैनी केही दिनदेखि बिरामी थिए । तर, स्वास्थ्य समस्याका बाबजुद उनले कामलाई निरन्तरता दिएका थिए ।
श्यामसुन्दर पुडासैनी हाल नेपाल भ्युजमा उपसम्पादकको भूमिकामा कार्यरत थिए । उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइम टेलिभिजन र रेडियो अन्नपूर्ण जस्ता प्रतिष्ठित मिडियामा काम गरिसकेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







