रास्वपाको सचिवालय बैठक बस्दैँ
- पुस १२, २०८१
- 0
आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ ।
शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि सचिवालय बैठक बस्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत विविध विषयमा छलफल हुनेछ ।
हाल पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल रहेका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि लामिछानेको ईच्छाअनुसार यही पुस ८ गते बसेको रास्वपाको बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







