भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन, साताव्यापी राष्ट्रिय शोकको घोषणा

news-details

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । भारतीय मिडिया लाइभ मिन्टले मृत्यु भएको जानकारी दिएको हो ।

९२ वर्षीय उनको बिहीबार भारतको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।

सिंह २ पटक भारतको प्रधानमन्त्री बनेका थिए । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको रुपमा रहे ।

भारतमा नरेन्द्र मोदी सत्ता आउनु अगाडिका प्रधानमन्त्री तथा भारतीय कङ्ग्रेस नेता सिंह आजै बिरामी भएर अस्पताल भर्ना भएका थिए । ३३ वर्ष राज्यसभामा रहेका उनले यसैसाल बिदा लिएका थिए ।

यस्तै अस्पतालले पनि भारतीय समय अनुसार बिहीबार राति ९ः५१ मा मृत्यु घोषणा गरेको जानकारी सार्वजनिक गरेको छ । आजै होस गुमाएर अस्पताल भर्ना गरिएका सिंहको बुढ्यौलीको समयमा देखिने समस्या देखिएको अस्पतालले जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंह सामान्य परिवारबाट आएर सफलता पाएको भन्दै सामाजिक सन्जालबाट श्रध्दाञ्जली दिएका छन ।

सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । शनिबार उनको अन्त्येष्टि गरिने भएको छ ।

भारत सरकारले पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

शुक्रबार सबै सरकारी समारोह रद्द गरिएको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया