युरो स्कुल सृजनानगरको ‘शिक्षक र अभिभावक’ भेटघाट कार्यक्रम (फोटो फिचर)
- रोजगारमञ्च
- पुस ११, २०८१
- 0
युरो स्कुल भक्तपुर सृजनानगरले शिक्षक र अभिभावक भेटघाट कार्यक्रम गरेको छ । स्कुलले आफ्नो बच्चा पढाउने शिक्षकसँग अभिभावकलाई भेटाएर उनीहरुको शैक्षिकस्तर बढाउनका लागि परामर्श गराएको हो ।
युरो स्कुल सृजनानगरले क्रिसमस डेको अवसर पारेर विद्यालय प्राङगढमा आयोजना गरेको पीटीएम कार्यक्रममा ९८ प्रतिशत अभिभावकको सहभागिता रहेको थियो ।
विद्यालयमा प्रि–स्कुलदेखि कक्षा ६ सम्म पढाई हुन्छ । फराकिलो खेलमैदान रहेको विद्यालयमा अभिभावकहरु आफ्नो बच्चाको पढाईबारे शिक्षकसँग परामर्श लिनुका साथै विद्यालयको वातावरणमा घुलमिल भएका थिए ।
‘विद्यालय हाम्रो दोश्रो घर हो’ भन्ने मन्त्रलाई आत्मसाथ गरेको युरो स्कुलले विद्यार्थीलाई मात्र होइन अभिभावकलाई पनि बेलाबेलामा निमन्त्रणा गरेर आफ्नै घरजस्तो बनाइरहेको विद्यालयका अध्यक्ष नवराज काफ्लेले जानकारी दिए ।
अन्तर्राष्ट्रिय फ्रेन्चचाइज युरो किड्सका ४ वटा शाखा संचालन गरिररहेका काफ्लेले विद्यालयमा पढाई मात्र नभएर प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रदान गरिरहेको जानकारी दिए ।
काठमाडौं र ललितपुरमा एक एक र भक्तपुरमा २ वटा गरी ४ वटा युरो किड्सका शाखा संचालनको अनुभव बटुलेका काफ्लेले विद्यालय आउने प्रत्येक अभिभावकलाई स्वागत गर्दै सबैबाट प्रतिक्रिया तथा सुझाव लिने गर्दछन् । उनी भन्छन्–‘प्रत्येक अभिभावकको सुझाव र फिडब्याकले नै हामीलाई अगाडि बढाउने हो, हामी सबैको कुरा सुन्छौ र लागु गराउँछौं ।’
व्यवहारिक र गुणस्तरिय शिक्षाको लागि नै यूरो स्कुलले कुनै सम्झौता नगर्ने अध्यक्ष काफ्लेको भनाई छ । देश तथा विदेशका शैक्षिक संस्थाहरुसंग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा र सांस्कृतिक वातावरण आदानप्रदानमा युरो स्कुलले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यूरो स्कुलले सामाजिक अन्तरक्रिया र आत्मनिर्भर हुन सिकाउँछ । अध्यक्ष काफ्ले भन्छन्–‘ युरो स्कुलमा आइसकेपछि बालबालिकाहरू शारीरिक र भावनात्मक रूपमा सुरक्षित हुन्छन् । अन्य बच्चाहरूसँग अन्तरक्रिया गर्न पाउँछन्, सामाजिक सीप सिक्छन्, जसका कारणले बच्चाको विकासशील व्यक्तित्वको लागि महत्वपूर्ण भुमिका खेल्ने गर्दछन् ।”
बालबालिकाहरुलाई सानैबाट राम्रो शिक्षादीक्षा र राम्रो संस्कार दिलाउन सकेका मात्र उनीहरुको भविष्य उज्वल हुन्छ ।
युरो स्कुलले आगामी शत्रका लागि भर्नाको अवसर खुलाएको छ । भर्नाका लागि सीमित मात्र सिट रहेकाले बेलैमा आफुले संचालन गरेका कुनै पनि युरो किड्सका शाखामा भिजिट गर्नका लागि अध्यक्ष काफ्लेको आग्रह छ ।





















