रवि लामिछानेलाई पोखरा पुर्‍याइयो 

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा पुर्‍याइएको छ ।

बुधबार दिउँसो उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको हो।

सानोपाइला सहकारीको बचत रकम अपचलनमा बयानका लागि लामिछानेलाई सोमबार पर्सा पुर्‍याइएको थियो।

मंगलबार बयान सकेर बुधबार बिहान सिमरास्थित विमानस्थलबाट काठमाडौं हुँदै पोखरा पुर्‍याइएको हो।

पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धान पछि अरु चार सहकारी अनियमितताको छानबिनसम्म पुगेको थियो । सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया