आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव

news-details

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

यस्तै,आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

आज सूर्योदय बिहान ६ बजेर ४४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया