तीनवटा संसदीय समितिको बैठक बस्दै
- मंसिर २३, २०८१
- 0
संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक आज बस्दै छ ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा लागेको हो ।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, प्रतिनिधि सभा अन्तर्गतकै शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक पनि दिउँसो २ बजे सिंहदरबारमा बस्दै छ ।
बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ः३०बजे समितिको बैठक कक्षा सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल गर्ने कार्यसूचि छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







