निगमलाई १५ दिन भित्र सुधारका कार्ययोजना पेश गर्न मन्त्री पाण्डेको निर्देशन
- मंसिर २१, २०८१
- 0
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिन भित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् ।
नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डे निगम अहिले कै अवस्थामा चलाउन नसकिने बतौउदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।
निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडी बड्ने मन्त्री पाण्डेको भनाई थियो । नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्ध व्यक्त गर्दै निगमले हवाई सेवाबाट नाफा कमाउने तर्फ लाग्न समेत निर्देशन दिएक थिए । निगमलाई घाट लगाउने चाइनिज जहाजको ब्यबस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियोे ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







