चितवनमा बयान सकिएपछि पोखरा लगियो लामिछानेलाई

news-details

सहकारी ठगी प्रकरणमा चितवन प्रहरीमा बयान सकिएपछि रवि लामिछानेलाई आज बिहानै पोखरा लगिएको छ ।

लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याएर हिजो बुधबार राति नौ बजेसम्म बयान लिइएको थियो ।

आज बिहानै उनलाई पोखरा पठाइएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए । लामिछानेलाई कात्तिक दुईमा कास्की प्रहरीले पक्राउ गरेको थियो ।

सहकारी प्रकरणमा बारेमा बयानका लागि लामिछानेलाई रूपन्देही र काठामाडौं पनि लगिएको छ । यसै विषयमा अनुसन्धान गर्न पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया